गुच्चाको गोली लागेपछि बाँदर फर्किएनन्
कास्की | जेठ १७, २०८१
कास्की: कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् ।
स्थानीय गिरेन्द्र गुरुङले आफैले बनाएका बन्दुक पड्काएपछि त्यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।
‘रुखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक फड्काउदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो, गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखा परेका छैनन् ।’
लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घर भित्र पसेर भण्डारण गरेको अन्नसमेत खाने, महिला एवम् बालबालिकालाई आक्रमण गर्न लागेपछि विकल्पका रुपमा दुई महिनाअघि बन्दुक बनाएको गुरुङले सुनाए ।
उनका अनुसार हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाईप, लगायतका सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाईजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्छ ।
चलाउन सुरक्षित रहेको बन्दुकको मुल्य ७ देखि ८ हजारसम्म पर्ने उनले बताए ।
गुलेली र डेढ बर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युटुबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको उनले सुनाए ।
‘अहिले त मलाई र बन्दुक देखेपछि बाँदर टाडैबाट भाग्छ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रुखै भरि बाँदर हुन्थ्ये अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएको छैन ।’
उनले अहिले बन्दुक मात्र हैन हाते ट्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउने काम गरिरहेका छन् ।
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...
पोखरा: ‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८२’को मुल आयोजक र विभिन्न उपसमितिहरु गठन गरी तयारी ...
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

